
सेनाले निर्माण गरिरहेको लार्के सडकमा गत वर्ष ११ करोड ७५ लाख खर्च
नेपाली सेनाले निर्माणा गरिएको गोरखाको बेनिघाट–आरुघाट–लार्के सडकमा गत वर्ष ११ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ ।
नेपाली सेनाले काम गरिरहेको बिभिन्न परियोजना मध्ये आर्थिक वर्ष २०७६/७७ मा सतप्रतिशत प्रगती हुने आयोजनामा लार्के सडक पनि रहेको रक्षा मन्त्रालयले जनाएको छ ।
उक्त सडकको करिब २१ किलोमिटर ट्रयाक खोलिएको छ भने आरुघाट गाउँपालिकाको हावाडाँडादेखि धार्चे गाउँपालिकाको माछाखोला सम्म हिउँदको समयमा सवारी संचालन हुनेछ ।
अहिले पनि त्यहाँ नेपाली सेना र अन्य मजदुरहरु गरी दुई सय भन्दाबढिले काम गरिरहेका सेनाका मेजर (इन्जिनियर) निसान्त क्षेत्रीले बताए ।
सेनाले गोरखा देखि तिब्बत तर्फको लार्के सडक सहित बङ्करदेखि ब्यारेकसम्म कार्यक्रम अन्र्तगत भबन निर्माण, कालीगण्डकी करिडोर निर्माण, कर्णाली करिडोर र दार्चुला–घाँटीबगर गोरेटो ट्र¥याक निर्माणको काम गरिरहेको छ ।
सेनाले जिम्मा लिएका प्रमुख पाँच ठूला आयोजना अधिकासंको काम ८० प्रतिशत भन्दा माथि रहेको रक्षा मन्त्रालयले जनाएको छ ।




