| आइतवार, कार्तिक २२, २०८३

चितवनमा कोरोना संक्रमित बढेको बढ्यै, ५१३ पुग्यो

चितवनमा कोरोना संक्रमितको संख्या ५१३ जना पुगेको छ।

हाँका अस्पतालहरूमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ। बिरामीसँगै कोरोना संक्रमितको उपचार गर्नुपर्ने जिम्मेवारीमा रहेका स्वास्थ्यकर्मीहरू आफै संक्रमित हुनेक्रम बढेको छ।

उपचारमा खट्नेक्रममा आफैलाई संक्रमण भएपछि उनीहरू अहिले होम आइसोलेसनमा आराम गरिरहेका छन्।

बिहिवार चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाबाट बिहीबार राति प्राप्त रिपोर्टअनुसार खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र नवलपुरको गैँडाकोटका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।

जिल्लाका कुल संक्रमितहरू मध्ये ८७ जना होम आइसोलेसनमा रहेका छन्। २ सय ५३ जना विभिन्न अस्पतालहरुमा छन्। भरतपुर अस्पतालमा मात्रै अहिले ७१ जना कोरोना संक्रमितहरू उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्