| आइतवार, कार्तिक २२, २०८३

मनास्लुमा झारल पाँचबर्षमै दोब्बर बढ्यो

 

शिव उप्रेतीः मनास्लु क्षेत्रमा झारलको संख्या उल्लेख्य वृद्धि भएको पाइएको छ । संरक्षित जनावरको रुपमा रहेको झारल पाँच बर्षको अवधिमा दोब्बर भन्दा बढि वृद्धि भएको पाइएको हो ।

‘सन् २०१४ को गणनामा सातसय ३२ वटा भेटिएको थियो । सन् २०१९ मा पन्द्रसय ६२ वटा भेटियो’, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का प्रमुख नरेन्द्र लामा भन्छन्, ‘नाउर भने धेरै घटेको पाइयो । पाँचबर्षअघि तीनसय १७ वटा नाउर भेटिएकोमा अहिले एकसय ९२ वटा मात्र भेटियो ।’

त्यस्तै अहिले मनास्लु क्षेत्रमा ३० वटा मात्र घोरल रहेको पाइएको । लोपोन्मुखको सूचीमा रहेको कस्तुरी मृग मनास्लु क्षेत्रमा जम्मा आठवटा रहेको भेटिएको लामाले जानकारी दिए ।

गोरखामा लोपोन्मुख प्रजातिको जनावर चिरु पनि थोरै संख्यामा भेटिएको एमक्यापमले जाएको छ ।

‘मनास्लुमा चिरु जम्मा चारवटा रहेको पाइएको छ’, लामा भन्छन्, ‘मनास्लु क्षेत्रमा लोपोन्मुख जनावर हिमचितुवा पनि पाइन्छ तर ठ्याक्कै कतिवटा छन् भनेर गणना भएको छैन ।’

खैरोभालु, कालोभालु, रेडपाण्डा र रतुवा मृगलगायतका संरक्षित जनावर पनि पाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्