
गोरखाबाट चितवन उपचार गराउन गएका दुई जनामा कोरोना देखियो
ज्वरो आएपछि गोरखाबाट चितवन उपचारका लागि गएका दुई जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
गोरखा नगरपालिका वडा नम्बर १३ रामशाह टोलका ३९ वर्षिय र दराईगाउँका ४३ वर्षिय पुरुषलाई कोरोना देखिएको हो ।
३९ वर्षिय पुरुष पाँच दिन अघि बिरामी भएपछि उपचार गराउन चितवन गएका थिए । उनी होटल ब्यवशायी हुन् ।
४३ वर्षिय पुरुष यातयाात मजदुर रहेको र भदौ ७ गते ज्वरो आएपछि जाँच गर्न गएको वडा अध्यक्ष हरि खनालले बताए ।
उनको अवस्था भने गम्भिर छ । चितवनमा उपचारको क्रममा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको नजिकको सम्पर्कमा रहेकाको कन्ट्याक्ट ट्रेसिङको तयारी भईरहेको अध्यक्ष खनालले बताए ।




