| आइतवार, कार्तिक २२, २०८३

नेपालमा कोरोना सुरुवातको चरणमा, अझै जटिल अवस्था आउने खतरा

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले नेपालमा कोभिड-१९ को संक्रमण सुरुवात मात्र रहेको बताएका छन् ।

आगामी महिनामा योभन्दा खराब परिस्थिति आउने तर आत्तिन नहुने उनले बताए ।

उनले भने, ‘पहिला विदेशबाट आउनेहरूमा संक्रमण थियो । अहिले दीर्घरोगी र वृद्धवृद्धामा संक्रमण बढी देखिन सक्छ, सोही कारण मृत्युदर बढ्नसक्छ ।’

कोरोना संक्रमण फैलिएको अन्य मुलुकमा कुल जनसङ्ख्याको एकदेखि दुई प्रतिशत मानिसलाई संक्रमण देखिए पनि नेपालमा ०.१ प्रतिशतलाई मात्र संक्रमण देखिएको उनले बताए ।

अन्य देशमा जस्तो नेपालमा कुल जनसंख्याको एकदेखि दुई प्रतिशतलाई संक्रमण नदेखिने समेत उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्