| आइतवार, कार्तिक २२, २०८३

गोरखामा एक जनालाई डेंगु देखियो, चितवनमा उपचार हुँदै

गोरखा नगरपालिका वडा नम्बर ६ का एक पुरुषलाई डेंगु देखिएको छ । एपोलो अस्पतालमा उपचार गराउन पुगेका पुरुषलाई डेगु भएपछि थप उपचारका लागि चितवन पुरानो मेडिकल कलेज रिफर गरिएको थियो ।

अस्पतालले भर्ना लिन नमानेपछि बिरामीले उपचार पाएनन् । नारायणी सामुदायिक अस्पतालमा लैजाँदा त्यहाँ पनि आईसियू खाली नभएको बाहनामा अस्पतालले बिरामीलाई फिर्ता पठाएको थियो ।

गोरखामा हुँदा एक सय तीन डिग्री ज्वरो आएको र उक्त विषय रिपोर्टमा उल्लेख भएकाले अस्पतालले कोभिड १९ को आशंकामा बिरामीको उपचार नगरेको गुनासो पिडित परिवारको छ ।

ठुला सुविधा सम्पन्न अस्पतालले उपचार गराउन नमानेपछि पुष्पाञ्जली अस्पतालको नर्मल वेडमा बिरामीको उपचार भईरहेको र अवस्था सुधारउन्मुख रहेको परिवारले बताएका छन् । डेंगु लामखुट्टेको टोकाईबाट लाग्ने रोग हो ।

प्रतिक्रिया दिनुहोस्