
गोरखाका एक जना कर्मचारीलाई कोरोना पोजेटिभ
दरौँदी समाचारदाताः गोरखामा आज एक जना कोरोना संक्रमित थपिएका छन् । गोरखा अदालतमा नयाँ आएका कर्मचारीमा कोरोना पुष्टी भएको हो ।
सर्लाहिबाट गोरखा हाजिर हुन आएका २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयका कोरोना फोकल पर्सन नारायण बाबु अर्यालले बताए ।
यो सँगै संक्रमितको संख्या १२१ पुगेका छन् भने सक्रिय संक्रमित २ प्ुगेका छन् ।




