
गण्डकी गाउँपालिका सहित गण्डकी प्रदेशका तीन पालिकाले बजेट ल्याएनन
आर्थिक वर्ष २०७७/७८ को बजेट गोरखाको गण्डकी गाउँपालिकाले दुई महिना समय घर्किसक्दा समेत ल्याउन सकेको छैन ।
गाउँपालिकाको प्रशासनिक भबन कहाँ राख्ने भन्ने विषयमा नेपाल कम्यूनिष्ट पार्टी र नेपाली कांग्रेसबाट बिजयी भएका जनप्रतिनिधि बिच सहमती नहुँदा पालिकाले बजेट ल्याउन नसकेको हो ।
अन्तर सरकारी बित्त ब्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय सरकारले असार १० भित्र नीति तथा कार्यक्रम र असार मसान्त भित्र बजेट ल्याईसक्नुपर्छ ।
पालिकाले समयमै बजेट ल्याउन नसक्दा चालु आर्थिक वर्षको डेढ महिना सम्म आर्थिक गतिविधि सुरु गर्न सकेको छैन । समयमै बजेट ल्याउन नसकेकै कारण गण्डकी गाउँपालिकालाई चालु वर्ष सरकारले दिने अनुदान घट्ने खतरा बढेको छ । तलब भत्ता बाहेकका अन्य गतिवि बढाउन गाउँपालिकालाई समस्या भएको छ ।धि अघि
कांग्रेस निकट जनप्रतिनिधिले गाउँपालिकाको केन्द्र अहिले भएकै ठाउँ उपयुक्त हुने बताएका छन् भने नेकपा निकट जनप्रतिनिधिले अन्यत्र लानुपर्ने माग राख्दै आएका छन् ।
गण्डकी बाहेकका गोरखाका सबै गाउँपालिकाले बजेट, नीति कार्यक्रम ल्याईसकेका छन् ।
गण्डकी प्रदेशका ८२ वटा स्थानीय तहले बजेट ल्याईसकेको स्थानीय बिकास मन्त्रालयले जनाएको छ । तनहुँको ऋषिङ गाउँपालिका, मुस्ताङको लोमान्थाङ गाउँपालिकाले बजेट ल्याएका छैनन ।
तीनवटा पालिकाले बजेट नल्याउँदा गण्डकी प्रदेश बजेट ल्याउन बाँकी रहेका स्थानीय तहको सुचीमा तेस्रो स्थानमा छ । यी स्थानीय तहले भदौ ५ गते सम्म बजेट नपठाएको मन्त्रालयले जनाएको छ ।




