
गोरखाका ३ सय ३४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी
दरौँदी समाचारदाताः पिसिआर परीक्षण गरिएका मध्ये शुक्रवार सम्म गोरखाका तीन सय ३४ जनको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयको कोरोना फोकल पर्सन नारायण अर्यालले बताए । स्वाब संकलन गरिएका मध्ये ती ब्यक्तिको रिपोर्ट आउन बाँकी छ । कन्ट्याक्ट ट्रेसिङ गरिएका र सर्वसाधारण सँग धेरै घुलमिल भएकाको पिसिआर परीक्षण स्वास्थ्य कार्यालयले गरिरहेको छ ।
तीन हजार नौ सय ५० जनाको पिसिआर गरिएको मध्ये एक सय २० जनामा संक्रमण पुष्टि भएको छ । यो अनुपातमा गोरखामा पिसिआर परीक्षण गरिएका मध्ये करिब तीन प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको छ । अहिले ६५ जना होम क्वारेन्टिनमा बसेका छन् भने एक सय ६२ जना बिभिन्न पालिकाको मास क्वारेन्टिनमा रहेका छन् ।




