
अब गोरखामा एक जना मात्रै कोरोना संक्रमित बाँकी
दरौँदी समाचारदाताः गोरखा क्याम्पसको आइशोलेसनमा उपचाररत गोरखा नगरपालिका ६ कि महिला आज डिस्चार्ज भएकि छिन् । पिसिआर रिपोर्ट नगेटिभ आएपछि उनलाई आज घर पठाइएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।
अब क्याम्पसको आइशोलेसनमा पालुङटारका एक जना मात्रै संक्रमित बाँकी छन् । उनको उपचार भईरहेको अस्पतालले जनाएको छ । अहिले सम्म संक्रमण पुष्टि भएका एक सय २० जना मध्ये एक जनाको मृत्यू भएको, एक जना उपचाररत रहेको र बाँकी निको भएर घर फर्किएका छन् ।




