
गोरखाका ५१ जना यातायात मजदुरको पिसिआर रिपोर्ट नेगेटिभ
कोरोना परिक्षण गरिएका गोरखाका ५१ जना यातायात मजदुरको रिपोर्ट नेगेटिभ आएको छ ।
यातायात मजदुरमा पनि कोरोना जोखिम रहेको भन्दै पिसिआर परिक्षण गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटि गोरखाले माग गरेसँगै गत साउन ३२ गते उनीहरुको पिसिआर परिक्षणका लागी स्वावको नमूना संकलन गरेर पठाइएको थियो ।
परिक्षण गरिएका मध्य सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।




