| सोमवार, कार्तिक २३, २०८३

आज हरितालिका तिज, नाचगान र पुजापाठ घरैमा गर्नु राम्रो

हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तिज आज मनाउदैछन् ।

हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ ।

अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ ।

यसैबिच तिजको दिन शिवालय मन्दिरमा श्रद्धालुको भक्तजनको भिड धेरै हुने हुँदा यस वर्ष घरमै बसेर पुजा आराधाना गर्दा राम्रो हुने छ।

मानिसको भिड धेरै हुँदा कोरोनाको संक्रमण डर हुने भएकाले भिडभाड नगर्ने, समुहमा भेला भएर नाचगान नगर्न जिल्ला प्रशासन कार्यालय गोरखाले पनि अनुरोध गरेको छ ।

पछिल्लो समयमा व्रत बस्ने तरिकामा भने परिमार्जन हुदै आएको छ ।

धेरै कमले मात्र निराहार व्रत बस्ने गरेका छन् ।

तिजका दिन विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्यस्त हुने गरेकोमा यसपाली कोरोना भाइरसको महामारी र निषेधाज्ञाका कारण व्रत बस्नेदेखि गरिने क्रियालापमै असर परेको छ ।

प्रतिक्रिया दिनुहोस्