| आइतवार, कार्तिक २२, २०८३

लकडाउनमा पनि घरगोठको लगत लिँदै बूढीगण्डकी आयोजना

गोरखा र धादीङको सिमानामा बन्न लागेको १२ सय मेघावटाको बूढीगण्डकी जलविद्यूत आयोजनाले लकडाउनका बिच अहिले पनि घरगोठको लगत संकलन गरिरहेको छ ।

आयोजनाको मुआब्जा बितरण, पूर्नबास एवं पुर्नस्थापना ईकाईले लगत लिन बाँकी आरुघाट, आर्खेत, खहरे लगायत बजार क्षेत्रमा टोली परिचालन गरेको जनाएको छ ।
‘आरुघाट र आर्खेतमा २०७७ असार पहिलो हप्ता देखि र धादीङको खहरेमा असार अन्तिम हप्तादेखि लगत संकलन भईरहेको छ’ इकाई प्रमुख कृष्णबहादुर कार्कीले भने । टोलीमा एक जना इन्जिनियर, दुई जना सव इन्जिनियर, कृषि र बन डिभिजनका कर्मचारी रहेका छन् ।

‘यो महिना भित्र लगत लिएर सक्ने योजना छ’ कार्कीले भने । कोभिड १९ को प्रभावले लगत संकलन सोचजस्तो छिटो हुन नसकेको उनले बताए ।

बजार क्षेत्र बाहेकका ठाउँमा घरगोठ,बोट बिरुवाको लगत ईकाईले गोरखा र धादीङ दुबै जिल्लाको यस अघि नै लिइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्