
गोरखाबाट भर्खरै सरुवा भएका सशस्त्र प्रहरीका डिएसपीलाइ कोरोना संक्रमण
गत साउन ७ गते चितवन सरुवा भएका सशस्त्र प्रहरी वल, गोरखाका डिएसपीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गोरखामा रहदा उनीसँग सम्पर्कमा रहेका अधिकारीहरु तथा प्रत्यक्ष सम्पर्कमा रहेका सहायक प्रमुुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासन कार्यालयका अधिकृतर अन्य कर्मचारी, सशस्त्र प्रहरीका केही कर्मचारी सहित गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको गाेरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए ।




