
पालुङटार कन्ट्याक्ट ट्रेसिङमा २२ जनाको रिपोर्ट नेगेटिभ
दराैँदी समाचारदाताः पालुङटार नगरपालिकाको २२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको जाँचमा उनिहरुको रिपोर्ट नेगेटिभ आएको हो ।
पालुङटार नगरपालिका वडा नं ४ की एक महिला तथा पालुङटार निवासी, कृषि विकास बैंक पोखरामा कार्यरत एक पुरुषमा कोरोना देखिएपछि त्यहाँको २२ जनाकोे कन्ट्याक्ट टे्रसिङ गरि पिसआिच परिक्षण गरिएको थियो ।
उनिहरु मध्ये सबैको नतिजा नेगेटिभ आएको पालुङटार नगरपालिकाका कोरोना फोकल पर्सन दिपेन्द्र गिरिले जानकारी दिए ।




