
गोरखा अस्पतालमा उपचाररत सबै कोरोना संक्रमित कोरोना जितेर घर फर्किए
गोरखा अस्पतालको आइसालेसनमा उपचाररत सात जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि सोमवार उनीहरुलाइ डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।
डिस्चार्ज हुनेमा गोरखा नगरपालिका वडा नम्वर ९ का दुइ पुरुष दुइ महिला, बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर २ र ३ का एक÷एक पुरुष र सिरानचोक गाउँपालिका वडा नम्वर ५ का एक पुरुष रहेका छन् ।
यो सँगै गोरखा अस्पतालको आइसोलेसन रित्तिएको छ भने गोरखा अस्पताल मातहत रहेको गोरखा क्याम्पस आइसालेसनमा तीन जना उपचाररत छन् ।




