| आइतवार, कार्तिक २२, २०८३

अन्तर जिल्ला यातायात, हवाई उडान र विद्यालय भर्ना भदौ १५ सम्म स्थगित

भदौ १ गतेबाट कुनैपनि व्यवसायिक हवाई उडान नहुने भएको छ । कोभिड-१९ क्राईसिस् म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले पूर्व निर्धारित मितिबाट सो निर्णय १५ दिन पर सार्न सरकारलाई सिफारिस गरेसँगै हवाई उडान नहुने भएको हो ।

सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको छ ।

५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्