| आइतवार, कार्तिक २२, २०८३

गुड नेभर्स इन्टरनेशनलद्वारा नगरपालिकालाई सहयोग

पद्धति बिकास सेवा केन्द्रको सहजिकरणमा गुड नेभर्स इन्टरनेशनल नाम गैरसरकारी संस्थाले गोरखा नगरपालिकालाई विपद्मा आवस्यक सामग्री सहयोग गरेको छ । ५० थान त्रिपाल, प्राथमिक उपचार सामग्री रहेको फस्ट एड बक्स नौ थान र क्यानोपी ६ थान सहयोग गरेकोे हो ।
गोरखा नगरपालिकामा मंगलवार आयोजित एक कार्यक्रमका बिच गुड नेर्भस इन्टरनेशनलका जिल्ला संयोजक मनकुमार राईले नगरप्रमुख राजनराज पन्तलाई उक्त सामग्री हस्तान्तरण गरेका पद्धति बिकास सेवा केन्द्रका सुनिल न्यौपानेले बताए । उक्त संस्थाले पद्धति बिकास सेवा केन्द्रको साँझेदारीमा गोरखामा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्