| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिकाको आर्थिक बर्ष २०७७।०७८ को बजेट ९९ करोड ४३ लाख बिनियोजन

 

गोरखा नगरपालिकाले यो आर्थिक बर्ष २०७७/०७८ का लागि ९९ करोड ४३ लाख ५१ हजार ७२१ रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

बुधबार सम्पन्न छैठौं नगरसभामा नगरप्रमुख राजनराज पन्तले कूल बजेटमध्य चालुतर्फ ३७ करोड ९४ लाख ६१ हजार रुपैयाँ बिनियोजन गरेको छ भने ६१ करोड ४८ लाख ९० हजार ७२१ रुपैयाँ पुँजीगततर्फ बिनियोजन गरेको जानकारी दिए ।

नगरपालिकाले गत आर्थिक बर्ष ९२ करोड १३ लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

जसमध्य चालुतर्फ ७६.२५ प्रतिशत र पुँजीगततर्फ ३८.१९ मात्र प्रगति हाँसिल गरेको नगरसभामा जानकारी गराइएको थियो ।

सोही सभामा उपमेयर बिनाकुमारी श्रेष्ठले प्रस्तुत गरेको बिनियोजन बिधेयक २०७७ पास भएको थियो ।

नगरपालिकाको सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र बिनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको सो विधेयक ध्वनि मतका साथ पास भएको हो ।

सो विधेयकमा विनियोजन गरेको रकममध्य कुनै शीर्षकमा बचत हुने गरेको र कुनै शीर्षकमा अपुग हुने गरेकाले वचत हुने शीर्षकबाट अपुग हुने शीर्षकमा रकमान्तर गर्न सकिने व्यवस्था गरिएको छ । ‘यसरी नपुग हुने शीर्षकमा रकम सार्दा जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी सार्न वा निकासा गर्न सकिनेछ’ सो विधेयकमा उल्लेख गरिएको छ ‘बचत हुने शीर्षकबाट अपुग हुने शीर्षकमा रकम सार्नु परेमा गोरखा नगरसभाको स्वीकृति लिनुपर्नेछ ।’

तर वित्तीय व्यवस्था अन्तर्गत विनियोजित रकम साँवा भुक्तानी खर्चतर्फ र व्याज भुक्तानी खर्चतर्फ शीर्षकमा भने रकमान्तर गर्न नपाउने गरी सुरक्षित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्