| आइतवार, कार्तिक २२, २०८३

गोरखामा शुक्रवार ५ जना कोरोना संक्रमित थपिए

दरौँदी समाचारदाताः गोरखामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भिमसेन थापा गाउँपालिकाका तीन र पालुङटार नगरपालिकाका दुई जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
पालुङटारका दुई जना क्वारेन्टिनमा बस्दै आएका हुन् भने भिमसेन थापाका तीन जना कन्ट्याक ट्रेसिङका हुन् । यो सँगै गोरखामा कोरोना पुष्टि हुनेको संख्या ७७ पुगेको छ भने २० जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्