| आइतवार, कार्तिक २२, २०८३

नौ जना कोरोना निको भएपछि घर फर्किए

दराँैदी समाचारदाताः गोरखा अस्पतालमा उपचाररत नौ जना कोभिड १९ को संक्रमण निको भएपछि घर फर्किएका छन् । भिमसेन थापा गाउँपालिकाका पाँच र गोरखा नगरपालिकाका चार जनालाई शुक्रवार घर पठाइएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।

उनीहरुलाई एक साता घरमै बस्न अनुरोध गरिएको छ । दुई पटक पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको र १४ दिन आइसोलेसनमा बसिसकेकाले उनीहरुलाई घर पठाइएको उनले बताए । अस्पताल, गोरखा कयाम्पस र मकैसिंङमा आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्था शुक्रवार सम्म समान्इ छ ।

प्रतिक्रिया दिनुहोस्