
भिमसेन ८ का संक्रमित सँग नजिक रहेका ३८ जनाको स्वाब संकलन
गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ का कोरोना संक्रमण पुष्टि भएका युवकका आफन्तको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । घर परिवार आफन्त र साथीभाई गरी ३८ जनाको स्वाब संकलन गरिएको वडा अध्यक्ष बासु थापाले बताए । स्वाब लिइएका मध्ये एक जना वडा नम्बर ७ का छन् बाँकी सबै ८ का छन् ।
अवैध काठ ओसार पोसार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका बेला उनलाई कोरोना संक्रमण भएको थियो । सँगै हिरासतमा रहेका एक युवकलाई कोरोना पुष्टि भएपछि उनको पिसिआर परीक्षणमा पनि पुष्टि भएको हो । हिरासतबाट छुटेर घर गएका ति युवक रिपोर्ट आउनु अघि नै परिवार साथीभाई र आफन्त सँग घुलमिल भएका थिए ।




