| आइतवार, कार्तिक २२, २०८३

गोरखा अस्पतालमा उपचाररत ८ जना कोरोना जितेर घर फर्किए

गोरखा अस्पतालमा उपचार गराईरहेका ८ जना कोरोना जितेर आज घर फर्किएका छन् । गण्डकी गाउँपालिकाका चार जना, भिमसेन थापा गाउँपालिकाका दुई जना, पालुङटार नगरपालिकाका एक र काभ्रे पाँचखालका एक जनालाई डिस्चार्ज गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । उनीहरुलाई घर गएपछि पनि आफ्नो स्वास्थ्यको ख्याल गर्न स्वास्थ्यकर्मीले परामर्श दिएका छन् ।
‘१४ दिन आइसोलेसनमा राख्यौँ, दुई पटक पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शनिवार घर पठाएका हौँ’ उनले भने । १४ दिन आइसोलेसनमा बसेका कुनै लक्षण नदेखिएकालाई थप तीन दिन राखेर घर पठाउने सकिने भएपनि अस्पतालले दुईपटक जाँच गर्दा कोरोना निको भएको पुष्टि भएपछि मात्रै घर पठाएको उनले बताए । आठ जना डिस्चार्ज भएसँगै गोरखा अस्पतालमा १६जना उपचाररत छन् । जिल्लाभर संक्रमितको संख्या ४० पुगेको छ भने आठ जना निको भएर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्