
शुक्रबार गोरखामा ११ जना कोरोना संक्रमित थपिए
गोरखामा शुक्रबार ११ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गोरखामा एक महिला र १० पुरुषमा कोरोना पोजेटिभ देखिएको मिडिया ब्रिफिङमा जानकारी गराएका छन् ।
तर यो समाचार तयार पार्दासम्म संक्रमितहरु कुन पालिकामा कति जना छन् भन्ने बारे नखुलेको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजु रमण न्यौपानले जानकारी दिए ।
यो संगै गोरखामा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।




