
कोरोना जितेका मान्बुका संक्रमित भन्छन्, : ‘सतर्क रहौं, सामान्य उपचारले निको हुन्छ’
अंश्विन दानी, २ गोरखा । गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर २ मान्वुका २५ बर्षीय राम गुरुङ (नाम परिवर्तित) । पेशाले नेपाल आर्मी ।
बिगत केही महिनादेखि कर्णाली प्रदेशको जुम्लास्थित आर्मी ब्यारेकमा कार्यरत थिए ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको नाम सुन्दा सुरुमा उनको मन अत्यन्तै डराउँथ्यो ।
‘नेपालमा कोरोना भाइरसको संक्रमण देखा पर्नुअघि मलाई निकै डर लाग्थ्यो । कतै नेपालमा पनि भित्रियो भने के गर्ने ?’ आफुलाई कोरोना संक्रमण हुनु अघिको पललाई सम्झँदै उनले भने ं।
दिन दुुई गुना रात चौगुुना भनेजस्तै नेपालमा पनि कोरोना संक्रमण देखिन सुरु गर्याे ।
त्यसपछि उनलाई तारन्तार घर परिवारको फोन आउँथ्यो, ‘नेपालमा निकोरोना देखियो रे ! घर आउने हैन ? आउन नपाएपनि सुरक्षित रहनुस् । ड्युटीमा जाँदा पनि ख्याल गर्नुहोस् । सेफ्टी प्रयोग गर्नुस् ।’
परिवारले तारन्तार यसो भनिरहँदा उनलाई कताकता घर फर्कने लहड चल्थ्यो । तर, ‘सत्यम सेवम सुरक्षणम’को मन्त्र जप्दै नेपाल आर्मीमा भर्ना भएका उनलाई यो समयमा घर फर्कन पेशाले दिएन । उनी दिन रात नभनी संगठनले दिएको जिम्मेवारी अनुसार लगातार ड्युटी गरिरहे । संयोग बस उनको ड्युटी जुम्लाकै क्वारेनटाईनमा पर्याे । मन डराए पनि संगठनले दिएको जिम्मेवारीलाई उनले पालना गर्न भने छाडेनन् ।
‘हामीलाई ड्युटीमा हुँदा लगाउन मास्क र पन्जाहरु स्थानीय सरकारले दिएको थियो । एक÷दुुई हप्ता लगायौँ अनि सकियोे’, उनले भने, ‘पछि ब्यारेकमा नै भएको मास्क पन्जा लगाउँथ्यौँ । ड्युटी गर्दा अलिअलि डर लागे पनि असुरक्षित महसुस भने हुन्थेन ।’
क्वारेनटाइनमा बाहिर जिल्ला तथा भारतबाट आएका ब्यक्तिहरुलाई राखिन्थ्यो । उनीहरुको सुरक्षामा उनी निरन्तर खटिरहे ।
गतजेठ २१ गते उनको पिसिआर टेष्ट भयो । कोरोना परिक्षण भएको भोलिपल्टै उनको रिपोर्ट आयो । रिपोर्टमा उल्लेख भएअनुसार उनमा कोरोना पोजेटिभ देखियो ।
‘म मा कोरोनाको कुनै लक्षण देखिएको थिएन । मलाई कोरोना लागेको कुनै महसुस नै भएको थिएन । तर, रिपोर्ट पोजेटिभ आयो’, उनले अचम्म मान्दै सुनाए, ‘लक्षण नै नदेखिँदै कोरोना पोजेटिभ आउँदा मलाई विश्वास नै लागेको थिएन । तर, रिपोर्ट अनुसार म आइसोलेसनमा जानु पर्ने भयो । गएँ ।’
कोरोना संक्रमण भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा पाँचदिन बसे ।
‘नेपालको अबस्थाअनुुसार आइसोलेसन ब्यबस्थित छ’
‘नेपालको आइसोलेसन अन्य देशको जस्तो ब्यबस्थित छैन । तर, देशको अबस्था अनुसार ठिक छ । हामी सबैले घाँटी हेरेर हाँड निल्नुुपर्छ’, उनले भने, ‘कोरोनाको लक्षण नै ंनदेखिएर कोरोना संक्रमित भएको मान्छे म । आइसोलेसनमा ब्यायम गर्ने, तातो पानी खाने, सफा—सुुुुग्घर गर्ने गरे पछि पाँच दिनमा नै कोरोनालाई जितेँ ।’
आइसोलेसनमा बसेको पाँचदिनमा नै उनको कोरोना रिपोर्ट नेगेटिभ आयो । उनी डिस्चार्ज भए ।
हाल उनी कार्यरत ब्यारेकमा नै छन् । ‘आइसोलेसनबाट डिस्चार्ज भएपछि म ब्यारेकमा नै फर्किएँ । ड्युटी भने सुुरु गरेको छैन्’, उनले आइसोलेसनमा बस्दाको अनुुभव सुुनाउँदै भने, ‘कोरोना लाग्दैमा डराउनु पर्दैन रहेछ । लाग्छ कि भनेर पनि डराउनु हुन्न रहेछ ।’
‘कोरोनाबाट डराउने आत्तिने हैन, यसको जोखिमबाट बच्नका लागि सामाजिक दुरी कायम गर्ने, मास्क, सेनिटाइजरको प्रयोग गर्ने, सावुुन पानीले हात धुुने, पशुुहरुसँग असुरक्षित सम्पर्क नराख्ने, तातो पानी अत्याधिक मात्रामा खाने गर्नुुपर्छ’, उनले भने, ‘संक्रमणदेखि हाले पनि आत्मवललाई उच्च बनाएर रोकथामका उपायहरु अपनाउनुु पर्छ ।’




