
बुधबार गोरखाबाट २३ जनाको पिसिआर संकलन
बुधबार गोरखाका चार गाउँपालिकाबाट २३ जनाको स्वाव संकलन भएको छ ।
भीमसेनथापा गाउँपालिकाका ११ जना, शहीद लखन गाउँपालिकाका पाँच, गण्डकी गाउँपालिकाका पाँच जना र धार्चे गाउँपालिकाका दुई जनाको स्वाव संकलन गरिएको गाउँपालिकाहरुले जानकारी दिएका छन् ।
शहीद लखन गाउँपालिकाको मनकामना मावि क्वारेण्टाइनका पाँच जनाको स्वाव संकलन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
त्यस्तै भीमसेन थापा गाउँपालिकाको सिद्धकाली मावि क्वारेण्टाइनका दुईजना, लक्ष्मीज्योति आधारभूत विद्यालयका चारजना, चण्डेश्वरी आधारभूत विद्यालयका एकजना, नवजागृति मावि क्वारेण्टाइनका एकजना, धनवासेका एकजना र जनशक्ति आधारभूत विद्यालयका दुई जनाको स्वाव संकलन गरेको स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए ।
त्यस्तै गण्डकी गाउँपालिकाको तोमनडाँडा आधारभूत विद्यालयका दुईजना, जनजागृति आधारभूत विद्यालय बुटारका तीनजना र धार्चे गाउँपालिकाको माछाखोला क्वारेण्टाइनका दुईजनाको स्वाव संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।




