| आइतवार, कार्तिक २२, २०८३

गोरखाका थप चार जनामा कोरोना

गोरखाका चारजनामा कोरोना पोजेटिभ देखिएको छ ।

शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बुधबारको परीक्षणमा एक महिला र तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

उनीहरु चारै जना भीमसेन थापा गाउँपालिका ६ अश्राङका बिभिन्न क्वारेण्टाइनका रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । एकजना २८ बर्षकी महिला चितवनको भरतपुरबाट आएको र अरु तीनजना भारतबाट आएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्