| आइतवार, कार्तिक २२, २०८३

भीमसेनको ११ र सिरानचोकको १३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

 

भीमसेनथापा र सिरानचोक गाउँपालिकाका क्वारेण्टाइनमा रहेका २४ जनाको कोरोना नेगेटिभ आएको छ ।

भीमसेनथापा गाउँपालिकाको ११ जना र सिरानचोक गाउँपालिकाको १३ जनामा कोरोना नभएको पुष्टि भएको सम्बन्धित पालिकाहरुले जनाएका छन् ।

‘सरस्वती प्राविका एकको, विन्द्रावती माविका १ जनाको, कनकामना आधारभूत विद्यालयका दुई जनाएको, वडा नं. १ र ६ मा होम क्वारेन्टाइनमा बसेका दुई जनाको, शिवशक्ति आधारभूत विद्यालयका दुई जना र, मिलनबस्तीको नयाँ घरमा क्वारेण्टाइनमा बसेका तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ’, स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले भने, ‘उनीहरुको गत २१ गते स्वाव संकलन भएको थियो ।

फेरि आज नै प्रभात मावि धावाको क्वारेण्टाइनमा रहेका १६ जनाको स्वाब संकलन गरी पठाएका छौं ।’

त्यस्तै सिरानचोक गाउँपालिकाको दुईवटा क्वारेण्टाइनमा रहेका १३ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिए ।

‘गत २२ गते स्वाव संकलन भएको हिमाली मावि सान्नानी भञ्ज्याङ र जनज्योति मावि चिप्लेटीको गरी १३ जनाको कोरोना नेगेटिभ आएको हो ।’

प्रतिक्रिया दिनुहोस्