| आइतवार, कार्तिक २२, २०८३

कन्ट्याक ट्रेसिङमा परेका र हाजिरमा आएका प्रहरीलाई भूसंरक्षणको भवनको क्वारेण्टाइनमा, क्वारेण्टाइन र आइसोलेशनमा बस्नेलाई आयुर्वेदिक औषधी दिने

 

हिरासतका कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका प्रहरीलाई नाम्जालीडाँडास्थित भूसंरक्षण कार्यालको नवनिर्मित भवनमा क्वारेण्टाइनमा राखिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा मंगलबार सम्पन्न बैठकले जिल्ला आयोजना कार्यान्वयन इकाइ(भवन)संग समन्वय गरी उनीहरुलाई सो भवनमा राख्ने निर्णय गरेको हो ।

‘प्रहरी कार्यालयभित्र भौतिक पूर्वाधारको अभावका कारण कन्ट्रयाक ट्रेसिङमा परेका र विदामा गई हाजिरमा आएका प्रहरीलाई भूसंरक्षण कार्यालयको नवनिर्मित भवनमा क्वारेण्टाइनमा राख्ने निर्णय भएको छ’, प्रशासकीय अधिकृत हर्क रोकाले भने, ‘साथै आइसोलेशन र क्वारेण्टाइनमा बसेकाहरुलाई प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधिहरु खुवाउने निर्णय भएको छ ।’

जिल्ला आयुर्वेद औषधालय र स्वास्थ्य कार्यालयसंग समन्वय गरी गाउँपालिकाहरुले क्वारेण्टाइन र आइसोलेशनमा रहेकालाई गुडुची चुर्ण, त्रिकुट चुर्ण, अश्वगन्धा लगायतका आयुर्वेदिक औषधी खुवाउन आग्रह गर्ने निर्णय पनि भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्