
क्यान्सर पिडितलाई आर्थिक संकलन अभियान सुरु
प्राणघातक क्यान्सरबाट पिडित गोरखा नयाबजार निबासी उसर्वानी खातुनको उपचारका लागि आर्थिक सहयोग जुटेको छ ।
गोरखा बजारका स्थानीयबासिन्दा, कालिका महिला समूह, हाम्रो सहारा फाउण्डेशनलगायतले आर्थिक सहयोग जुटाएका हुन् ।
पहिलो चरणमा संकलित एकलाख ५५ हजार चारसय १० रुपैयाँ शनिबार उनीहरुले एक कार्यक्रम गरी उसर्वानीका श्रीमान इशा मियाँलाई हस्तान्तरण गरेका छन् ।
पिडित उसर्वानीलाई आइतबार भरतपुर क्यान्सर अस्पताल लैजाने तयारी भएको हाम्रो सहारा फाउण्डेशनकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन् ।
पिडितलाई उपचार खर्च अभाव भएको बारे दरौंदी अनलाइनमा समाचार प्रकाशित भएपछि रकम संकलन अभियान सुरु भएको हो ।




