
कोरोना पोजेटिभ देखिएका आरुघाटका युवा जुम्लामै, आरुघाटका २६ जनाको रिपोर्ट नेगेटिभ
कोरोना पोजेटिभ देखिएका आरुघाट २ मान्बुका युवा जुम्लामा कार्यरत रहेको खुलेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा मान्बुका २५ बर्षका युवामा कोरोना पोजेटिभ देखिएको आरुघाट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विजय श्रेष्ठले जानकारी दिए ।
आरुघाट क्वारेण्टाइनाबाट स्वाव संकलन गरेर लगेको ३४ जनाको कोरोना रिपोर्टमध्य हालसम्म २६ जनाको मात्र रिपोर्ट आएको उनले बताए । उनीहरु सबैको नेगेटिभ रहेको श्रेष्ठले बताए ।





