| बुधबार, असार ३१, २०७७

गोरखाका ११ वटा स्थानीय तहलाई चार अर्ब ४१ करोड रुपैयाँ बिनियोजन

गोरखाका ११ वटा स्थानीय तहलाई संघीय सरकारले बिभिन्न शीर्षकमा चार अर्ब ४१ करोड १३ लाख रुपैयाँ बिनियोजन गरेको छ । आगामि आर्थिक बर्ष २०७७।०७८ का लागि वित्तीय समानिकरण, सशर्त, समपुरक र विशेष अनुदान गरी पालिकाहरुलाई सो रकम विनियोजन गरेको हो ।

गोरखा नगरपालिकाका लागि संघीय सरकारले ५५ करोड ४६ लाख रुपैयाँ बिनियोजन गरेको छ । समानिकरणतर्फ २२ करोड ८१ लाख, सशर्ततर्फ ३२ करोड ६५ लाख रुपैयाँ बिनियोजन गरेको हो ।

त्यसैगरी पालुङटार नगरपालिकाका लागि संघीय सरकारले ४९ करोड ७१ लाख रुपैयाँ बिनियोजन गरेको छ । समानिकरणतर्फ १७ करोड ९३ लाख रुपैयाँ बिनियोजन गरेको हो ।

त्यसैगरी सिरानचोक गाउँपालिकाका लागि ४० करोड ८७ लाख बिनियोजन गरेको छ । वित्तीय समानिकरणतर्फ १३ करोड ५१ लाख, शसर्ततर्फ २७ करोड ३६ लाख बिनियोजन गरेको हो । त्यस्तै अजीरकोट गाउँपालिकालाई २७ करोड ७५ लाख बिनियोजन गरेको छ । समानिकरणतर्फ १० करोड ७४ लाख, सशर्ततर्फ १५ करोड ६५ लाख र समपुरकतर्फ एक करोड ३६ लाख रुपैयाँ बिनियोजन गरेको हो । त्यस्तै बारपाक सुलीकोट गाउँपालिकालाई संघीय सरकारले ४९ करोड ७६ लाख बिनियोजन गरेको छ । समनिकरणतर्फ ७२ करोड ७५ लाख, सशर्ततर्फ २२ करोड ९३ लाख, विशेष अनुदानमा एक करोड र समपुरक अनुदानमा दुई करोड रुपैयाँ बिनियोजन गरेको हो ।
त्यस्तै गरी धार्चे गाउँपालिकामा कूल २४ करोड २५ लाख रुपैयाँ बिनियोजन भएको छ । समानिकरणतर्फ नौ करोड चार लाख, सशर्ततर्फ १२ करोड ३१ लाख, विशेष अनुदानमा ५० लाख र समपुरकतर्फ दुई करोड ४० लाख बिनियोजन गरेको छ । त्यसैगरी चुमनुब्री गाउँपालिकाका लागि संघीय सरकारले १९ करोड ४० लाख रुपैयाँ बिनियोजन गरेको छ । समानिकरणतर्फ छ करोड ८७ लाख, सशर्ततर्फ १२ करोड तीनलाख, र विशेष अनुदानतर्फ ५० लाख बिनियोजन गरेको छ ।

आरुघाट गाउँपालिकाका लागि संघीय सरकारले ३४ करोड ४८ लाख रुपैयाँ बिनियोजन गरेको छ । समानिकरणतर्फ १३ करोड १५ लाख रुपैयाँ, सशर्ततर्फ २० करोड ३७ लाख र समपुरकतर्फ एक करोड ३६ लाख रुपैयाँ बिनियोजन भएको छ ।

त्यस्तै भीमसेन गाउँपालिकाका लागि ३५ करोड ८२ लाख रुपैयाँ बिनियोजन गरेको छ । समानिकरणतर्फ १३ करोड १९ लाख, सशर्ततर्फ २२ करोड ६३ लाख बिनियोजन गरेको छ । शहीद लखन गाउँपालिकाका लागि संघीय सरकारबाट ३७ करोड ३२ लाख रुपैयाँ बिनियोजन गरेको छ । समानिकरणतर्फ १४ करोड ७६ लाख, सशर्तमा २२ करोड ५६ लाख रुपैयाँ बिनियोजन गरेको हो ।

त्यस्तै गण्डकी गाउँपालिकाका लागि ३९ करोड ४१ लाख रुपैयाँ बिनियोजन गरेको छ । जसमध्य समानिकरणतर्फ १३ करोड ४१ लाख, सशर्ततर्फ २४ करोड २३ लाख र समपुरकतर्फ एक करोड ६७ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्