
आर्थिक बर्ष २०७७/०७८ को बजेटमा गोरखाका तीन शीर्षक
बिहिबार सार्वजनिक गरिएको बजेटमा गोरखाका तीनवटा शीर्षक संलग्न छन् । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गरेको १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेटमा गोरखाका तीन शीर्षक समेटिएका हुन् ।
सार्वजनिक गरिएको ३४२ बुँदे कार्यक्रमको बुँदा नं. ९८ मा पालुङटार सिँचाइ आयोजना कार्यान्वयन गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै वुँदा नं. १३० मा नेपाल एकीकरणको इतिहाससँग जोडिएका गढी, किल्ला र बाटोको संरक्षण गर्दै साँस्कृतिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उल्लेख छ ।
त्यस्तै बुँदा नं. २०९ मा बूढीगण्डकी जलविद्युत आयोजनको लगानी ढाचा एकिन गरी कार्यान्वयन गर्ने उल्लेख गरिएको छ ।




