| आइतवार, असार २८, २०७७

भारतबाट ५८ जना गोरखा आए

गोरखाका स्थानीय तहले भारतिय सिमामा अलपत्र परेका आफ्ना गाउँपालिकाबासीलाई ल्याउन सुरु गरेका छन् । लकडाउन बढ्दै जाँदा भारत र सिमावर्ती जिल्लामा पालिका भित्रका नगारिक अलपत्र परेको गुनासो आउन थालेपछि यहाँका स्थानीय तहले उद्वार थालेका हुन् ।
‘सोमवार २७ जना मानिसलाई सिमाबाट उद्वार गरेर ल्याएका छौँ’ गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले भने ‘जिल्ला ल्याएपछि संम्बन्धित गाउँपालिकाको क्वरेन्टिनमा पठायौँ ।’ आफुखुसी आएकाहरुलाई गोरखा प्रवेशको मूख्य नाका गोरखा नगरपालिकाको मझुवा देउरालीमा रोकेर क्वारेन्टिनमा पठाउने गरिएको छ । क्वारेन्टिनमा रहेकाहरुको कोरोना परीक्षण गरेर मात्रै घर पठाउने गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताए । क्वारेन्टिनमा बसेर घर फर्किएकाहरुलाई एक साता ‘होम क्वारेन्टिन’ मा बस्न भनिएको छ । बैशाख २५ देखि जेठ १३ सम्म ५८ जना मानिस भारतबाट गोरखा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्