| आइतवार, असार २८, २०७७

चितुवाले जनावर मा¥यो भने किसानलाई क्षतीपूर्ती, चालु वर्ष गोरखामा २३ लाख बितरण

गोरखामा चितुवा देखिने क्रम बढेसँगै घरपालुवा जनावरमाथी चितुवाको आक्रमण दर बढेको छ । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभाग अन्र्तगतको मनास्लु संरक्षण क्षेत्र सम्पर्क कार्यालयले चालु वर्ष एक सय ९३ जना किसानलाई दुई सय ३५ पशुबस्तु चितुवाले मारेपछि क्षतिपूर्ती दिएको छ । ‘अधिकासं बाख्रालाई चितुवाले आक्रमण गरेको भन्दै निवेदन लिएर आउनुहुन्छ’ कार्यालयका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले भने । कार्यालयले २३ लाख ४५ हजार रुपैयाँ क्षतीपूर्ती दिइसकेको छ । गत वर्ष ४२ जना किसानको ८२ वटा पसुबस्तुका लागि ९ लाख ३३ हजार रुपैयाँ क्षतीपूर्ती दिइएको थियो । यो वर्ष सबैभन्दा धेरै बाख्रा १६८, बोका २६, खसी २५ वटा चितुवाले खाएको छ । किसानको घरमै चितुवाले पशुबस्तुमा आक्रमण गरेको यो तत्याङ्कले आहारका लागि बस्ती क्षेत्र पस्ने गरेको देखिन्छ ।
गोरखा नगरपालिकाको नारेश्वर, बारपाक सुलिकोट, अजिरकोट, भिमसेन थापा, शहिदलखन, पालुङटार नगरपालिका क्षेत्रबाट चितुवाले घरमै आएर बाख्रा खाएको निवेदन आउने गरेको मनासलु संरक्षण क्षेत्र सम्पर्क कार्यालयले जनाएको छ । बस्ती क्षेत्रमा भेटिनु र घरपालुवा जनावरलाई आक्रमण गर्ने क्रम बढ्नुलाई चितुवाको संख्यावृद्धी भएको र आहार भने घटेको अनुमान गर्न सकिने डिभिजन बन कार्यालयका प्रमुख तोयानाथ पौडेल बताउँछन् । । ‘चितुवा हिंस्रक बन्यजन्तु हो, यो बढ्नु भनेको मानिस संग द्वन्द्व बढ्नुपनि हो’ उनले भने ‘जनावर र जंगल धेरै हुँदा फाईदा छ, तर हिसं्रक बन्यजन्तु बढ्दा मानिसको घरपालुवा जनावरमा धेरै क्षती पुग्ने दर बढेको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्