| बुधबार, असार ३१, २०७७

गोरखा नगरपालिकाका दुईजनाको पिसिआर रिपोर्ट नेगेटिभ

गोरखा अस्पतालबाट पिसिआर परीक्षणका लागि पठाइएका चारजनामध्य दुईजनाको रीपोर्ट नेगेटिभ आएको छ ।

आरडिटी रिपोर्ट पोजेटिभ आएकी एक महिला र उनका श्रीमानको पिसिआर रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

फिभर क्लिनिकमा उपचारका लागि आएकी उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ आएपछि उनको र श्रीमानको घाँटीको स्वाव प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो ।

अरु दुई जनाको भने रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्