| आइतवार, कार्तिक २२, २०८३

गोरखा आउनेलाई सिधै क्वरेन्टाईनमा, २९ जना पुगे

जिल्लालाई ‘सिल’ गरेका बेला अन्यत्रबाट गोरखा आएकाहरु सिधै क्वारेन्टाईनमा राख्न थालिएको छ । गोरखा भन्दा बाहिरबाट घर फर्किएका र आफन्तकहाँ आएकाहरुलाई जनप्रतिनिधी र प्रहरीको निग्रानीमा क्वारेन्टाईनमा राखिएको हो ।
जिल्ला ‘सिल’ भएयता छिमेकी जिल्ल तनहुँ देखि रौतहट, उदयपुर, काठमाण्डौँ लगायत ठाउँबाट आएका सबैलाई सामुयिक क्वारेन्टाईनमा राखिएको छ । गोरखा नगरपालिका १० बिरेन्चोकमा रहेको क्वारेन्टाईनमा १३ जना, आरुघाट गाउँपालिकाको आर्खेतमा ३, आरुघाट बजारमा ७ जना रहेका छन् भने पालुङटार नगरपालिकामा ६ जनालाई सामुयिक क्वारेन्टाईनमा राखिएको छ ।
११ वटै स्थानीय तहमा क्वारेन्टाईन निर्माण गरिएको छ । विद्यालय, सामुदायिक भबन लगायतका ठाउँहरुमा निर्माण भएका क्वारेन्टाईनमा अन्यत्रबाट नयाँ आएका मानिसलाई राख्ने तयारी स्थानीय तहको छ ।

प्रतिक्रिया दिनुहोस्