| शनिबार, बैशाख ८, २०८१

पाँचदिन ‘गोरखा जिल्ला सिल’ खाद्यान्न र निर्माण सामग्री ढुवानी पनि बन्द, बैंक पनि नखुल्ने

कोरोना विपद व्यवस्थापन केन्द्र, जिल्ला स्तरीय कमाण्डपोष्ट तथा सुरक्षा समितिको बुधबार सम्पन्न संयुक्त बैठकले आगामि पाँचदिन गोरखा जिल्ला सिल गर्ने निर्णय गरेको छ ।

देशभर तीब्र गतिमा बढिरहेको कोरोना संक्रमण फैलन नदिन भन्दै आवागमन तथा ढुवानीका साधन रोक्ने निर्णय गरेको सूचना अधिकारी हर्क रोकाले जानकारी दिए ।

‘अस्पतालबाट रिफर भएको बिरामी, घाइते, किरियापुत्री, मलामी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, वडाअध्यक्ष वा सोभन्दा माथिल्लो तहका जनप्रतिनिधि वा उनका सवारी साधनबाहेकका सबै सवारी साधन जिल्लाभित्र, बाहिर आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ’, उनले भने, ‘खाद्यान्न, निर्माण सामग्री लगायतका ढुवानीको काम पनि ठप्प पार्ने निर्णय भएको छ ।’

वैंक, वित्तीय संस्था, बिमा तथा सहकारीका काउण्टरहरु बन्द गर्ने र इ–वैंकिङ सिस्टममार्फत काम गर्न प्रोत्साहन गर्ने निर्णय गरेको सूचना अधिकारी रोकाले जानकारी दिए ।

खाद्यान्न, तरकारी, पशुपंक्षी, दाना, औषधी तथा माछामासुका पसलबाहेकका पसलहरु खुल्न नदिने सो बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्