| आइतवार, कार्तिक २२, २०८३

गोरखाको मकैपुर वसन्तेगाउँमा पनि दादुरा पुष्टि

गोरखाको शहीद लखन गाउँपालिका ७ मा पनि दादुराको संक्रमण देखिएको छ ।

तीन दिनअघि पठाइएको दादुरा परीक्षणको रीपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
वसन्तेगाउँस्थित महिला स्वास्थ्य स्वयंसेविका सीता श्रेष्ठको नौ महिनाकी नातिनीलाई दादुरा भएको पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकामा दादुरा रुबेलाको खोप कार्यक्रम लकडाउनका कारण रोकिएकोमा अब आकस्मिक रुपमा खोप अभियान सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

यसअघि गण्डकी गाउँपालिकाको वडा नं. ६ क्षेत्रीखोला र हुइलिङमा आठ जनामा दादुरा भएको पुष्टि भएको थियो । त्यहाँ शुक्रबारदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।

 

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्