
हिमालय यात्राले सिङ्लाबासीलाई बाँड्यो दुईसय बोरा चामल
गोरखाको एक दुर्गम गाउँमा हिमालय यात्रा नामक सँस्थाले दुईसय बोरा चामल बाँडेको छ ।
धार्चे गाउँपालिका वडा नं. ५ सिङ्लाका दुईसय घरपरिबारलाई एकेक बोराका दरले चामल वितरण गरिएको हिमालय यात्राका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।
फ्रान्सेली सँस्था ‘जिउनु सिङ्ला फ्रान्स’को सहयोग र हिमालय यात्राको समन्वयमा चामल वितरण गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।
‘आफ्नै बारीको उब्जनीले खान नपुग्ने र लकडाउनका कारण काम गरेर खाने अवसर पनि गुमाएका गाउँलेहरुलाई चामल वितरण गरिएको हो’, गुरुङले भने, ‘मजदुरी गर्न राजधानी काठमाडौं पुगेका र कामबिहिन भएकाहरुलाई पनि एकेक बोराका दरले ५० बोरा चामल वितरण गरेका छौं ।’





