| सोमवार, कार्तिक २३, २०८३

बुङकोटमा खागले चिल्दा ६ बिरामी, ४ गम्भिर

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ८ सुनपानी भन्ने ठाउँमा खागले चिल्दा छ जना बिरामी परेका छन भने चार जनाको अवस्था गम्भिर रहेको वडा अध्यक्ष काशिनाथ अम्गाईले बताए ।
गोठालो गएका र उक्त ठाउँको बाटो भएर हिँड्दै गरेका सोही ठाउँमा बुद्धीराम श्रेष्ठ, लोलानाथ अम्गाई, प्रतिमा अम्गाई, दिपा घर्ती मगर, इन्दिरा अम्गाई र उनकी ३ वर्षिया छोरी बिरामी परेका हुन् । लोलानाथ बुङकोट स्वास्थ्य चौकी, श्रेष्ठको घरमा र अन्य चार जनाको गोरखा अस्पतालमा उपचार भईरहेको वडा अध्यक्ष अम्गाईले बताए । मंगलवार साँझको हावाहुरीले खागको गोलो भुँईमा झरेको र गोठालो गएकाहरुलाई बुधवार दिउँसो टोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्