| आइतवार, कार्तिक २२, २०८३

पर्यटन ब्यवशायी खत्रीद्वारा अस्पताल र स्थानीय तहलाई ४० थान थर्मल गन सहयोग

गोरखाको आरुघाट गाउँपालिका ८ आरुपोखरी घर भएका समाजसेवी एवं पर्यटन ब्यवशायी प्रेम खत्रीले गोरखामा ४० थान थर्मल गन बितरण गरेका छन् । गोरखा अस्पतालदेखि स्थानीय तह र सुरक्षा निकायलाई गरी उनले थर्मल गन र पाँच हजार थान सर्जिकल मास्क बितरण गरेका हुन् । स्थानीय तह र अस्पतालले थर्मल गर्न अभाव भएका कारण कोरोनाको प्रारम्भिक लक्षण (ज्वरो) देखिएकाहरुलाई उपचार गर्न समस्या भएको थियो ।


गण्डकी गाउँपालिकालाई ९ थान, भिमसेन ८ थान, गोरखा नगरपालिका ७ थान, चुमनुब्री गाउँपालिका ४, धार्चे २, शहिद लखन २, गोरखा अस्पताललाई २ थान, लायन्स आँखा अस्पतालको लागि १, रेडक्रस सोसाईटीका लागि १ थान सहयोग गरेका हुन् । जिल्ला प्रशासनन कार्यालय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको लागि १÷१ थान थर्मल गर्न हस्तारण गरेको खत्रीले बताए । गण्डकी गाउँपालिकालाई तीन हजार थान मास्क, धार्चे एक हजार, चुमनुब्री र शहिदलखन गाउँपालिकालाई पाँच सय थान मास्क पनि दिएका छन् । थर्मल गर्न र मास्क पाएपछि स्थानीय तहका प्रमुखहरु पनि खुसी भएका छन् । उक्त गन स्वास्थ्य संस्थाबाट सर्वसाधारणको उपचारमा तत्काल पु¥याउने बताएका छन् ।


नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका खत्री काठमाण्डौँमा पर्यटन ब्यशवाय गर्छन । संभव नेपाल नामक संस्थाको संस्थापक अध्यक्ष रहेका खत्रीले उक्त संस्थाबाट गोरखामा विद्यालय भबन निर्माण, छात्रवृत्ती बितरण, छात्राबास निर्माण, पोशाक बितरणका काम गर्दै आएका थिए । अहिले विश्वरभर कोरोना भाईरसको संक्रमण फैलिरहेका बेला संस्था पुरा गर्नुपर्ने प्रक्रिया ढिलो हुने भएकाले ब्यक्तीगत आम्दानीबाट सहयोग गरेको उनले बताए । खत्रीले ब्यवशाय सँगै समाजसेवा पनि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्