| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिका भित्र नियमित खोप रोकिएन

बैशाख ५ गतेदेखि देशभरी सुरु गर्ने तयारी गरेर स्थगित भएको खोप सेवा गोरखा नगरपालिका भित्र भने चलिरहेको छ । ५ गतेदेखि नै स्वास्थ्य संस्थाबाट खोप कार्यक्रम चलिरहेको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए ।
नगरपालिका भित्रका स्वास्थ्य संस्था, खोप क्लिनिकमा हरेक महिनाको ५ गतेबाट ९ गते सम्म खोप चल्ने गथ्र्यो । सोही अनुसार अहिले पनि चलिरहेको स्वास्थ्य शाखाका निश्चल अर्यालले बताए । बिभिन्न ११ प्रकारका रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताका लागि जन्मेदेखि १५ महिना सम्मका बालवालिकामा खोप दिने गरिन्छ । बिसिजी, दाजुरा लगायतका खोप नियमित खोप भित्र पर्छन ।
रोगको महामारी फैलिरहेका बेला खोप नलगाउँदा अन्य थप समस्या हुन सक्ने र समय घर्किदाँ त्यसबाट हुने प्रभावमा फरकपन आउन सक्ने भन्दै शारीरिक सुरक्षाका लागि दिइने खोप नरोक्ने निर्णय गरेर ५ गतेदेखि खोप सेवा दिइरहेको नगरप्रमुख राजनराज पन्तले बताए ।
खोप रोकिएको स्थानीय तहलाई नरोक्न भन्दै सरकारले नियमित खोप सेवा संचालन गर्न गराउन सोमवार स्वास्थ्य कार्यालय मार्फत पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्