| शनिबार, बैशाख ८, २०८१

बाटो अवरुद्ध नगर्न गण्डकी गाउँपालिकाको निर्देशन

गोरखाको गण्डकी गाउँपालिकाले लकडाउन भन्दै जथाभावि बाटो बन्द नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । गाउँपालिकाको सबै वडा भित्रने मूख्य नाका, झोलुङ्गे पुल, सडकमा मुडा राख्ने, रुख ढलाउने बार लगाउने गरेपछि गाउँपालिका अध्यक्ष होमबहादुर रानाले सडक अवरुद्ध नगर्न अनुरोध गरेका हुन ।
अत्यावस्यक काममा हिँडेकाहरु, बिरामी परेकाहरु, औषधी उपकरण बोकेका गाडी लाई समस्या पर्ने भएकाले त्यस्ता काम तत्काल बन्द गर्न र बाटो खुलाउन अनुरोध गरिएको अध्यक्ष रानाले बताए । ‘जताततै बाटो बन्द गरिएको छ, धेरै झोलुङ्गे पुलहरुमा बार लगाइएको छ’ आकस्मिक काम परेकालाई समस्या हुन्छ, दुर्घटनाको जोखिम पनि हुने भएकाले बन्द नगर्न सबै जनप्रतिनिधि मार्फत वडामा पनि भनेका छौँ’ रानाले भने ।

प्रतिक्रिया दिनुहोस्