| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिकाले प्रकोप ब्यवस्थापन कोषमा १ करोड पु¥यायो

गोरखा नगरपालिकाले प्रकोप ब्यवस्थापन कोषमा एक करोड रुपैयाँ पु¥याएको छ । कोरोना भाईरसको जोखिमबाट नगरबासीलाई बचाउन र खाद्यान्न सहयोगमा रकम खर्च गर्ने गरी कोष स्थापना गरिएको नगरप्रमुख राजनराज पन्तले बताए ।
‘प्रदेश सरकारको १० लाख, पहिलो चरणमा नगरपालिकाको २५ र दोस्रो चरणमा ६५ लाख गरेर एक करोड पु¥याएका छौँ’ नगरप्रमुख पन्तले भने ‘दाताहरुले दिएको रकम पनि यसमै जम्मा हुन्छ ।’ उक्त कोषबाट पहिलो चरणमा १४ वटै वडाका तीन हजार भन्दाबढि परिवारलाई राहत बितरण गर्दा ४३ लाख खर्च भएको छ ।
औषधी उपकरण, आवस्यक तयारीका सामग्री खरिद लगायतका काममा कोषको रकम खर्च हुने प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण अर्यालले बताए । ‘नगरपालिकाको चालु वर्ष संञ्चालन हुन नसक्ने कार्यक्रमहरुको रकम कोषमा जम्मा गर्ने कार्यपालिकाले निर्णय गरे अनुसार एक करोड पु¥याएका हौँ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्