
रेबिजका कारण पूर्व प्रहरी हवल्दारको मृत्यू भएपछि गोरखा घैरुङका ५२ जनालाई सूई लगाइयो
दुई महिनाअघि बहुला कुकुरले टोकेर बिरामी परेका गोरखा घैरुङका पूर्व प्रहरी हवल्दारको मृत्यू भएपछि आइतबार गाउँभरिका ५२ जनालाई रेबिजविरुघको सुई लगाइएको छ ।
शहीद लखन गाउँपालिका ६ रानागाउँका ३९ बर्षीय खिलबहादुर थापाको मृत्यू भएपछि उनीसंग सम्पर्कमा आएका ५२ जनालाई गाउँमै सुई लगाइएको वडा अध्यक्ष दिलिपनारायण थापाले जानकारी दिए ।
गोरखा अस्पतालबाट एण्टिरेबिज सुई ल्याएर गाउँघरमै पुगेर सुई लगाइएको वडा अध्यक्ष थापाले बताए । ‘टेकु अस्पतालमा उपचाररत उनको गत शुक्रबार बिहान १० बजे मृत्यू भएको थियो’, वडाअध्यक्ष थापाले भने, ‘उनसंग सम्पर्क भएका गाउँभरिका ५२ जनालाई आज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख किशोर श्रेष्ठ नेतृत्वको टोलीले गाउँमै गएर सुई लगाएका छन् ।’
थापालाई तत्काल सुइ लगाउन आग्रह गर्दा पिता परमेश्वरले रक्षा गर्ने भन्दै हेलचेक्र्याईँ गरेकाले समयमै उपचार नपाएको वडाअध्यक्ष थापाले बताए ।




