| शुक्रबार, जेष्ठ २३, २०७७

कांग्रेस गोरखा नगर समितिद्वारा नगरपालिका मार्फत एक लाख बरावरको खाद्यान्न सहयोग

नेपाली कांग्रेस गोरखा नगरकार्य समिति गोरखाले गोरखा नगरपालिका मार्फत दैनिक ज्यालादारीबाट गुजारा गर्दै आएकाहरुलाई राहत प्रदान गरेको छ । नगरप्रमुख राजनराज पन्तलाई नगर सभापति चन्दनबाबु खत्रीले ४० बोरा चामल, ५ बोरा दाल, ४ बोरा नुन र २० प्याक तेल आज सहयोग हस्तान्तरण गरेका हुन् । एक लाख एक हजार रुपैयाँ मूल्य बरावरको खद्यान्न सहयोग गरेको कांग्रेस नगरसभापति खत्रीले बताए ।
आर्थिक संकटका कारण खानाको समस्या भएकाहरुको सहजताका लागि गोरखा नगरपालिकाले बितरण गर्न लागेको राहतमा नेपाली कांग्रेस नगर कार्य समितिले केही सहयोग गरेको सभापति खत्रीले बताए । लकडाउनका कारण बिहान बेलुकी छाक टार्न समस्या भएकाहरुको परिवारलाई नगरपालिकाले राहत दिने योजना बनाएको र सहयोग आएको राहत सोही क्रममा बितरण हुने नगरप्रमुख पन्तले बताए । नगरपालिकाले आफखुसी राहत बितरण नगर्न र बितरण गर्न चाहनेलाई नगरपालिका मार्फत दिन अनुरोध गरेको छ । एकद्वार प्रणालीबाट प्रभावकारी बितरण गर्न र दोहोरोपन आउन नदिन यस्तो नीति लिइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्