| शुक्रबार, जेष्ठ २३, २०७७

उपभोक्ताले जथाभावी जंगलमा आगो लगाउँदा इन्टरनेट र केबल तार जल्यो (हेर्नुहोस भिडियो)

गोरखाको बिरिचोकमा उपभोक्ता आफैँले जंगलमा आगो लगाउँदा बिजुलीको पोलमा आगो लागेको छ । गोरखा नगरपालिका १० स्थित बिरिनचोक सामुदायिक जंगलमा उपभोक्ता आफैँले आज दिउँसो आगो लगाएका थिए । उक्त आगो राम्रो सँग ननिभाउँदा साँझ करिब ७.३० बजे बिजुलीको पोलमा टाँगेर ल्याइएको दुईवटा इन्टरनेट र केबलतारमा आगलागी हुँदा जलेको छ । इन्टरनेटले काम गरेको छैन भने पोलमा टाँगिएको तारमा समेत असर पुगेको छ ।
हिजोआज गोरखाका जंगलहरु धेरै ठाउँमा आगो लाग्न थालेको छ । बारीमा मल हुने आसमा जंगल सखाप पार्ने क्रम घटेको छैन भने उपभोक्ता समितिले घाँस नयाँ पालुवा पलाउने, बन गोडमेल गर्ने भन्दै लगाएको आगो ब्यवस्थित गर्न नसक्दा बिजुली, इन्टरनेटको पोल जल्ने, बनजंगलमा चराचुरुङ्गी जनावर मर्ने घटना बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्