| शुक्रबार, जेष्ठ २३, २०७७

लकडाउनका बेला घरमै औषधी पु¥याउने मनकारी स्वास्थ्यकर्मी

लकडाउन यता गोरखाका एक स्वास्थ्यकर्मी एवं औषधी ब्यवशायीले नियमित सेवन गर्दै आएकाहरुलाई घरमै औषधी पु¥याईदिएका छन् । औषधीको मात्रै शुल्क लिएर झण्डै ५५ जना भन्दाबढि बिरामीलाई गोरखा नगरपालिका ६ मा संगम मेडिसेल्स राखेर बसेका संगमबाबु श्रेष्ठले घरमै औषधी पु¥याईदिएका हुन् । प्रेसर, सुगर, मुटुरोग, थाईराईड, मृगौला लगायत समस्या भएकाहरुले औषधी माग गर्ने गरेका छन् ।


‘औषधीको पर्ने मूल्य भन्दा मैले घरैमा ढुवानी गरिदिएको अतिरिक्त शुल्क एक जनासँग पनि लिएको छैन ।’ लकडाउनको प्रभावले सवारी साधन नचल्दा सर्वसाधारण सदरमुकाम सम्म आएर औषधी लैजाने अवस्थामा छैनन् । गाडी र मोटरसाईकलमा औषधी लिएर स्वास्थ्यकर्मी श्रेष्ठ बिरामीकहाँ पुग्छन् । उनलाई भाई प्रितम श्रेष्ठ र श्रीमती सदिक्षा श्रेष्ठले सघाएका छन् ।
बुधवार उनी गोरखाको धार्चे गाउँपालिका, आरुघाट गाउँपालिका पुगेर बिरामीको उपचार सँगै औषधी दिएर फर्किएका थिए । यस अघि पालुङटार नगरपालिकाको आँपपिपलमा रक्तश्रावका कारण बिरामी परेकी महिलाउको उपचार गर्न उनी राती गएर फर्किएको बताए । ‘नगरपालिका भित्र छेवेटार, बाह«किलो देउराली लगायत आसपासका धेरै ठाउँमा औषधी पु¥याएको छु,कहिले दिउँसो कहिले राती हुन्छ, त्यो बाहेक पालुङटार नगरपालिका, आरुघाट, भिमसेन थापा गाउँपालिका, शहिदलखन लगायत ठाउँका बिरामीलाई औषधी घरैमा लगिदिएको छु’ स्वास्थ्यकर्मी श्रेष्ठले भने । गोरखा आसपासका कुरिनटार, फिस्लिङ, गोप्लिङ लगायत ठाउँमा पनि उनी औषधी लिएर पुगेका छन् ।

हेल्थ अशिस्टेन्ट समेत रहेका उनले स्वास्थ्य समस्या परेकाहरुलाई आवस्यक उपकरण सहित चेकजाँच समेत गर्ने गरेको बताए । औषधी पु¥याईदिएका बिभिन्न ठाउँमा बिरामीका आफन्तले उनको कामको प्रशंसा गर्दै सामाजिक सञ्जालमा तस्विर पोष्ट गरेर समस्यामा परेकालाई सेवा गरेको भन्दै धन्यवाद दिएका छन् । ‘आफ्नै खर्चले सुरक्षित हुने सामग्रीको जोहो गरेको छु’ श्रेष्ठले भने ‘दुरी कायम गरेर, आफू सुरक्षित भएर घरघरमै सेवा दिएको छु, लकडाउन र कोरोनाको त्रास भरी यो नियमित गर्ने योजना छ ।’ ३० वर्षिय श्रेष्ठ ९ वर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका छन् । उनी औषधी ब्यवशायी संघ गोरखाका अध्यक्ष समेत हुन् । रोटरी क्लव, गोरखा जेसिज, गोरखा युथ क्लव लगायत संस्थामा समेत उनी आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्