
शहिदलखन गाउँपालिकाद्वारा प्रहरी चौकीलाई ५० लिटर इन्धन सहयोग
कोरोना भाईरसको रोकथामका लागि बिभिन्न उपाएर अपनाईरहेका स्थानीय तहहरुले थरिथरिका कार्यक्रम सार्वजनिक गरेका छन् । गोरखाको शहिद लखन गाउँपालिकाले कोरोना भाईरस बारेको सचेतना जगाउन, लकडाउनलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी नियमित खटिएकाले प्रत्येक प्रहरी चौकीलाई ५० लिटर इन्धन सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिका मातहतका चौकीहरुलाई इन्धन दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत जिबनबहादुर आलेले बताए । तीनवटा बुङ्कोट, मनकामना, राईनास सहित तीनवटा चौकी शहिदलखन गाउँपालिका भित्र पर्छ भने गण्डकी गाउँपालिकाको तङ्लिचोकमा रहेको चौकीले शहिदलखनको केही क्षेत्र हेर्दै आएको छ ।
उक्त गाउँपालिकामा ३० बेडको क्वारेन्टाईन स्थल निर्माण र एक सय ९५ शैयाको क्वारेन्टाईन स्थलको पूर्व तयारी गरिएको छ । ती ठाउँमा खाद्यान्न, बेड,कर्मचारी, स्वास्थ्यकर्मीको प्रबन्ध गरिएको प्रशासकिय अधिकृत आलेले बताए । एम्बुलेन्स चालक, स्वास्थ्यकर्मी र क्वारेन्टाईन स्थलमा खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने, एम्बुलेन्समा सहुलियत दिने निर्णय गरेको छ । पालिकाले स्वास्थ्य संस्था तथा बजार क्षेत्रमा ब्लिचिङ पाउडर छर्ने काम सम्पन्न गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिबनबहादुर आलेले गाउँपालिकाले सञ्चालन गरेको कामको बिवरण सार्वजनीक गर्दै उल्लेख गरेका छन् ।




